काठमाडौं – नेपालमा थप २५४८ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार थप २५४८ जना संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरी ९ हजा ३३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार १३७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा ३ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ४११ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै आज २ हजार २९ जना कोरोना संक्रमण मुक्त भएका छन्

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।

सम्बन्धित खबरहरु