पछिल्लो २४ घण्टामा देशभर ३४५१ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा २४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६ हजार १५ जनामा पुष्टि भएको छ ।
यस्तै, आज काठमाडौंमा ९६१ जनामा संक्रमण पुष्टि भएको छ।जसमा काठमाडौंमा ६७७, ललितपुर १६७ र भक्तपुरमा ११७ जना संक्रमित फेला परेका छन्। आज देशभर ३९ हजार ३७१ जना सक्रिय संक्रमित देखिएका छन्।
संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ भने मृतकको कुल संख्या १० हजार ३२७ पुगेको छ ।