काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ३०७५ जना कोरोना संक्रमित थपिएका छन् ।

बिहीबार थपिएका संक्रमितसँगै हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४२ हजार २२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७८ हजार ३७७ पुगेको छ ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या ४० हजार ५०० पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँमा ६३९, भक्तपुरमा १०१ र ललितपुरमा १२७ जना संक्रमित थपिएका छन्।

संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु हुँदा २१२६ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ६ लाख ९१ हजार २९९ जना निको भएका छन् भने मृतकको कुल संख्या १० हजार ४२९ पुगेको छ ।

सम्बन्धित खबरहरु