‘म तिम्रो सहर छोडी टाढा’, ‘ पुरानो डुङ्गा’ जस्ता सदाबहार एवं चर्चित गीतका गीतकार बी बी थापाको अर्को नयाँ गीत सार्वजनिक भएको छ । बी बी थापा इन्टरटेन्मेन्टको अफिसियल यूट्यूब च्यानलमार्फत बिहिबार हजारौंमा तिमीलाई बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा थापाको शब्द तथा संगीतकार मनोज चौलागाईंको संगीत सिर्जना एवं संगीत संयोजन रहेको छ । अकस्टिक स्ट्युडियोमा रेकर्ड गरिएको उक्त युगल गीतमा गायक सुरेश लामा र संचारकर्मी एवं गायिका शीलु अधिकारीको स्वर रहेको छ ।

गीतको भिडियोमा रविन शाह र पूर्णिमा मगरले अभिनय गरेका छन् । रविन शाहकै निर्देशनमा निर्मित म्युजिक भिडियोलाई दिनेश पराजुलीले छाँयाकन गरेका छन् भने अमृत चापागाईले भिडियोको सम्पादन गरेका छन् । भिडियोमा समावेश ड्रोन शटलाई विशाल सापकोटाले छायाँकन गरेका हुन् ।

सम्बन्धित खबरहरु