काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३०४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६५४ जनामा परीक्षण गर्दा ३०४२ जना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २६ जनाको मृत्यु र २२४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४४ हजार ३०७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७९ हजार ३४० जना पुगेको छ।

हालसम्म संक्रमितमध्ये ६ लाख ९३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या १० हजार ४५५ पुगेको छ । हाल देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित खबरहरु