पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना निको भएका हुन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ ।
कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ ।
थप २ हजार ३८२ जना निको हुँदा नेपालमा हाल कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।
यही अवधिमा थप ३० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ४८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।