काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २४८२ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा थप २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ७११ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा १ हजार ८६२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, देशका विभिन्न ठाउँमा गरी ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ६२० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै १ हजार ७८१ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।  यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।

सम्बन्धित खबरहरु