पछिल्लो २४ घण्टामा २२ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२३३ जनामा गरिएको परीक्षणमा २२ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १८०८ जना निको भएर फर्किएका छन् भने १६ जनाको मृत्यु भएको छ । अहिले देशभर ३५ हजार ८ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ७३० जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म आईसीयूमा ५६८ जना, भेन्टिलेटरमा १६० जना, होम आइसोलेशनमा ३३,३३३ जना, संस्थागत आइसोलेशनमा २,५४१ र क्वारेन्टाइनमा ३३८ जना रहेको तथ्यांकमा उल्लेख छ ।