देशभर पछिल्लो २४ घण्टामा १६६४ जनामा कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ११७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ५२३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ३ हजार १०५ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १४१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० जना पुगेको छ ।

यस्तै कुल संक्रमित पीसीआर परीक्षणमा ७ लाख ६२ हजार ६४७ र एन्टिजेन परीक्षणमा ८३ हजार ५०५ जना पुगेका छन् । संक्रमितमध्ये ७ लाख १६ हजार ३०६ जना निको भएका छन् ।

हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १६४ जना भेन्टिलेटरमा रहेका छन् भने ५३७ जना आईसीयूमा रहेका छन् ।

सम्बन्धित खबरहरु