देशभर पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९३५ नमुना (१० हजार ६१२ पीसीआर ४३२३ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

यसैगरी सोही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमित भन्दा निको हुने बढी देखिएको हो ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७१९ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १४६, ललितपुरमा १०२ र काठमाडौंमा ४७१ जना संक्रमित थपिएका छन् ।

यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको समेत मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ ।

सम्बन्धित खबरहरु