काठमाडौं – देशभर पछिल्लो २४ घण्टाभित्र १२६८ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार कूल नौ हजार ८७५ जनाको नमूना परीक्षण गर्दा एक हजार २६८ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको हो।

जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार २४ र एन्टिजेन विधिबाट २४४ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल छ हजार ७५३ पीसीआर र तीन हजार १२२ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ६८ हजार २९५ पुगेको छ। यही अवधिमा २ हजार १९५ जना निको भएका छन्।

गत २४ घण्टाभित्र नेपालमा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।

सम्बन्धित खबरहरु