काठमाडौं – देशभर पछिल्लो २४ घन्टामा १८९७ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयागशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ८९७ जनामा संक्रमण देखिएको हो।
११ हजार ६०९ जनाको पीसीआर र ४ हजार ३७० जनाको एन्टीजेन गरि १५ हजार ९९७ जनाको परीक्षण गर्दा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने १ हजार ७४३ जना निको भएका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७० हजार ७७९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ भने ७ लाख २८ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ जना रहेका छन् । जसमध्ये २८ हजार ९११ जना होम आइसोलेसनमा रहेका छन् भने २ ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५१२ जना आईसीयू र १६३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।