काठमाडौँ – नेपालमा पछिल्लो २४ घन्टामा १६७७ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा देशभर ११ हजार १११ आरटी पिसिआर र ३ हजार ९२३ एन्टिजेन गरी कुल १५ हजार ३४ जनामा परीक्षण गरिएकोमा १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३० हजार ३०३ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा, १ हजार ९८९ संस्थागत आइसोलेसनमा र २५८ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५१४ जना र भेन्टिलेटरमा १५४ जना उपचाररत छन् ।
मन्त्रालयका अनुसार मंगलबार देशभरबाट २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ३१ हजार पुगेको छ । निको हुने दर ९४.७ प्रतिशत छ ।
पछिल्लो २४ घन्टाको अवधिमा २१ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।