काठमाडौं- देशभर पछिल्लो २४ घन्टामा १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १६६० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ५ हजार ५४९ जनाको पीसीआर र २ हजार ३६७ जनाको एन्टीजेन गरि १० हजार ९१६ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २७९५८ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार देशका विभिन्न भागमा गरि कोरोना संक्रमणका बारण २१ जनाको मृत्यु भएको छ। मृतकको कुल संख्या १० हजार ९२४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु