गीतकार नरेश प्रधानको शब्द रचना तथा संगीतकार दिपक शर्माको संगीत सिर्जना रहेको ‘तिमी मेरो हुन सकेनौ’ फिमेल भर्जन सार्वजनिक भएको छ । गत शुक्रबार स्टुडियो साउण्ड मिलले आफ्नो अफिसियल युट्यूब च्यानलमार्फत गायिका बुनु श्रेष्ठको स्वरमा रहेको उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो । रिदम कंडेलको संगीत संयोजन रहेको उक्त गीतलाई साउण्ड इन्जिनियर महेश्वरमान राजभण्डारीले ध्वनी मुद्रण तथा मिश्रण गरेका हुन् भने गीतलाई फुर्बा पाख्रिन तामाङले रेकर्डिङ गरेका हुन् ।
मनोज राजभण्डारीको निर्देशन रहेको उक्त वियोगान्त प्रेमकथामा आधारित म्युजिक भिडियोमा मोडल निराजन प्रधान र करुणा श्रेष्ठको अभिनय हेर्न सकिन्छ । भिडियोमा दिपेन बस्नेत र सास्वत श्रेष्ठको छायाँकन तथा मेरोन राजभण्डारीको कथा एवं सम्पादन रहेको छ । एनएफडिसीको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोमा किमत गौतमले प्राविधिक निर्देशन, श्रीकृष्ण श्रेष्ठले भिएफएक्स र मित्र डि. गरुङले कलर करेक्सन गरेका हुन् भने भिडियोमा रहेको ड्रोन शटलाई टार्जन लिम्बुले खिचेका हुन् ।
मेल, फिमेल र डुएट गरी ३ संस्करणमा सार्वजनिक हुने भनिएको उक्त गीतको मेल भर्जनको म्युजिक भिडियोलाई भने गत महिना सार्वजनिक गरिएको थियो । जसमा गायक रामकृष्ण ढकालको स्वर रहेको थियो ।