काठमाडौं । रेडियो, टेलिभिजन, पत्रिका तथा अनलाइनमा कार्यरत महिला संचारकर्मीहरुको अन्तराष्ट्रिय छाता संगठन आइवार्ट नेपाल च्याप्टरले ‘तेस्रो आइवार्ट सर्ट फिल्म प्रतियोगिता २०२१’ को आवेदन खुल्ला गरेको छ । फिल्म निर्माण, निर्देशन, लेखन लगायतका क्षेत्रमा महिलाको सहभागिता बढाउन सन् २०१८ बाट फिल्म प्रतियोगिता आयोजना हुँदै आएको आइवार्ट नेपाल च्याप्टरकी अध्यक्ष मन्टेश्वरी राजभण्डारीले बताइन् ।

प्रतियोगितामा सहभागिताको लागि ३ देखि १५ मिनेटसम्मको फिल्म हुनपर्ने, महिला निर्देशक हुनपर्ने, फिल्म एफएचडी फरम्याटमा हुनुपर्ने प्रावधान छ । फिल्मको लागि नोभेम्बर १६ तारिखसम्म डेडलाइन रहेको सर्ट फिल्म प्रतियोगिताकी संयोजक इच्छा गुरुङले बताइन् ।

प्रतियोगितामा फिल्म बिषयमा अध्ययनरत बिद्यार्थीहरु, संचारकर्मी तथा फिल्म निर्माणमा रुची भएका विभिन्न क्षेत्रमा आबद्ध भएकाहरुले फिल्म सहभागीता जनाउदै आएका छन् । बिश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण २०१९ बाट उक्त प्रतियोगिता भर्चुअल माध्यमबाट हदै आएको र यस बर्ष पनि भर्चुअल माध्यमबाट नै हुने आयोजकले जनाएको छ।

IAWRT NEPAL 2020

गत बर्ष निर्देशक संगीता श्रेष्ठको ‘आइसक्रिम’ र रजिला श्रेष्ठको ‘लाखे’ नामक सर्ट फिल्मले प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो भने निशा मानन्धरको ‘आइ एम अ फाइटर’ ले फस्ट रनरअपको उपाधि जितेको थियो।

सम्बन्धित खबरहरु