काठमाडौं। गायिका बुनु श्रेष्ठ र दीपक महर्जनको स्वरमा गीत “२ बजे राती ” सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ भने गीतको एरेन्ज मनोज राजभण्डारीले गरेका हुन् ।
दर्शक तथा स्रोताको हालको चाहनालाई ध्यानमा राखी `२ बजे राती´ गीत निर्माण गरिएको गायिका श्रेष्ठले बताईन् । मेरोन राजभण्डारीको निर्देशन रहेको उक्त गीतको भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेतीको अभिनय रहेको छ ।
गीतमा साउण्ड इन्जिनियर महेश्वरमान राजभण्डारीको ध्वनि मुद्रण तथा मिश्रण रहेको छ भने फुर्बा तामाङले रेकर्डिङ गरेका हुन् । भिडियोमा नबराज उप्रेतीको छायांकन तथा संगीत बानियाको सम्पादन रहेको छ भने राजिब समरले नुत्य निर्देशन गरेका हुन् ।
https://www.youtube.com/watch?v=15U15UL4CvE