छायाँछवि क्रियशनले हरेक वर्ष आयोजना गर्दै आएको छायाँछवि तीज म्यूजिक अवार्ड २०८१ को ११ औं संस्करण सम्पन्न गरेको छ । ११औं संस्करणमा उत्कृष्ट मौलिक तीज गायिका तर्फ गम्कीदे मादलुबाट एलिना चौहान र उत्कृष्ट तीज गीत गायिकामा हर दिन पुजा गर्छु म बाट शोभा पाण्डे विजयी भएका छन् । यसै बिधामा जुरी तर्फ बिन्दु बिसीले अवार्ड हात पार्न सफल हुनुभयो । उत्कृष्ट मौलिक तीज गीतको लय तर्फ काली पसमकी डोरी कसम गीतबाट प्रेम सापकोटा सोनुले अवार्ड प्राप्त गर्नुभयो । यसै गीतबाट स्मारिका ढकालले मौलिक तीज गीत मोडलमा बाजी मार्न सफल हुनुभयो भने तीज गीतमोडल महिलातर्फ कविता न्यौपाने उत्कृष्ट बन्न सफल हुनुभयो । साथै यसै बिधामा तीजको उमङ्ग गीतबाट शीला गजुरेलले जुरी अवार्ड प्राप्त गर्नुभयो ।

छायाँछवि क्रियशनद्धारा आयोजित ११ औं संस्करणको छायाँछवि तीज म्युजिकअवार्ड २०८१ को अवसरमा चर्चित मोडल स्व.दिपाशा बि.सी.को स्मृतिमा यस वर्षदेखि स्थापित छाँयाछवि दिपाशा स्मृति पुरस्कार प्रदान गरिएको छ । एघार हजार एक सय एघार रुपैयाँको नगद राशी, सम्मानपत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार संघको प्रथम अध्यक्ष अञ्जु निरौलाले प्राप्त गर्नुभयो ।

त्यसैगरी ११ औं छायाँछवि तीज म्युजिकअवार्ड २०८१ कै अवसरमा मोडल सिम्रन दुलाल (कुसुम), पत्रकार बर्षा खनाल, गायिका बबिना भट्टराई, बरिष्ठ सौन्दर्यविद् चुनु थापा र लोक गायिका सञ्जु न्यौपानेलाई छायाँछवि तीज नारी सम्मानद्धारा सम्मानित गरिएको छ । यस किसिमको सम्मान आ–आफ्नो क्षेत्रलाई उल्लेख्य योगदान दिए बापत सम्मानित गरिएको आयोजक छायाँछवि क्रियशन अध्यक्ष शान्ति प्रियले बताउनूभयो।

११औ संस्करणको छायाँछवि तीज म्यूजिकअवार्डमा जुरीका रुपमा गीतकार कृष्णादेबि आचार्य रोशनी, गायक भीम लिम्बु, गीतकार गोबिन्द भट्ट एवं पत्रकार दीपज्योती थापा रहनुभएको थियो । त्यस्तै कार्यक्रममा तीज सम्बन्धित साँस्कृतिक प्रस्तुती समेत रहेका थिए । गायिका सहिमा श्रेष्ठ र गायिका अञ्जु श्रेष्ठले गायन प्रस्तुति दिएका थिए भने मोडल अश्मिता पुरी र निकीशा श्रेष्ठ एवं सूर्योदय डान्स स्टूडियोको नृत्य प्रस्तुती रहेको थियो । कार्यक्रममा रमेशमान श्रेष्ठको सेट डिजाइन, छीरीङ भुटीयाको साउण्ड डिजाइन रहेको थियो ।

छायाँछबिले आयोजना गरेको कार्यक्रमका अध्यक्ष शान्ति प्रिय एवं स्टेरीङ कमीटीमा निर्देशक माधवराज खरेल, अभिनेता श्रीदेब भट्टराई, गोकर्ण लामिछाने, संचारकर्मी कमला जोशी, भीम पौडेल, संचारकर्मी राजन थापा तथा दीपक थापा रहनुभएको थियो।

अवार्डको सल्लाहकार भुवनचन्द, बसुन्धरा भूषाल, चैत्यदेबि एवं देबिका बन्दना हुनुहुन्थ्यो भने कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, लोक दोहोरी प्रतिष्ठानका पूर्ब अध्यक्ष द्वय दुर्गा रायमाझी, चन्द्र शर्मा, गायिका देबिका बन्दना, साहित्यकार दामोदर पुडासैनि, कलाकार उत्तम केसी, अभिनेत्री मोडल जेबिका कार्की, संस्कृतीकर्मी आर.सी .कोइराला, निर्देशक दिनेश कार्की, कलाकार गजित विष्ट, मोडल मञ्जिता केसी, निर्देशक देवेन्द्र पाण्डे, अमर ओली, लिगेश भट्टराई, दिपेन्द्र तिमिल्सिना लगायत चलचित्रकर्मी एवं संगीतकर्मीहरुको उपस्थिति रहेको थियो ।

अवार्ड बिजेताहरुः
उत्कृष्ट तीजगीत एरेञ्जर
विनय कार्की क्षेत्री – तिमी म नाचौं

उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
प्रकाश मिश्र – उनकै नाममा

उत्कृष्ट तीजगीत छायाँकार
मुकेश हुमागाई – के लाई पीर लीन्छौ

उत्कृष्ट तीज गीत भिडीयो सम्पादक
वीरेन्द्र भाट विपीन – रातो टिकैमा

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
सुरेन्द्र वसेल – तीजको उमङ्ग

उत्कृष्ट तीज गीत भीडीयो निर्देशक
श्रीजन बराल– नाँचमायाले

उत्कृष्ट तीज गीत मोडल पुरुष
राहुल श्रेष्ठ – हवाइ जहाज चडेर

उत्कृष्ट तीज गीत मोडल महिला
कविता न्यौपाने – नाँच मायाले
शिला गजुरेल– तीजको उमङ्ग (जुरी)

मौलीक तीज गीत मोडल
स्मारिका ढकाल– काली पसमकी

उत्कृष्ट तीज दोहोरी गीत गायक
राजेश बर्देवा – नाच छम्म छम्म

उत्कृष्ट तीज दोहोरी गीत गायिका
अञ्जना सरु – तिमी म नाचौं

उत्कृष्ट तीज गीत शब्द
सुमन बैरागी पण्डित– आएन परदेशी

उत्कृष्ट मौलिक तीज गीत शब्द
लोकराज अधिकारी – गम्किदे मादलु

उत्कृष्ट तीज गीत लय
शुकदेव अधिकारी – नाँच मायाले

उत्कृष्ट मौलिक तीज गीत लय
प्रेम सापकोटा सानु – काली पसमकी

उत्कृष्ट तीज गीत नव–गायिका
संजीता खड्का– बालेनको शहर

उत्कृष्ट तीज गीत गायिका
शोभा पाण्डे – हरदिन पुजा गर्छु
विन्दु बिसी – रातो टिकैमा (जुरी)

उत्कृष्ट मौलिक तीज गीत गायिका
एलिना चौहान– गम्कीदे मादलु

सम्बन्धित खबरहरु