काठमाडौँ, असार १३ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिएको हो।
यस वर्ष एसईईमा सहभागी विद्यार्थीहरूमध्ये ६१.८१ प्रतिशतले ग्रेड प्राप्त गरेका छन्। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, ग्रेडेड हुने विद्यार्थीको प्रतिशत ६१.८१ रहेको छ।
बोर्डले दिएको जानकारीअनुसार, नियमित विधाबाट परीक्षामा सहभागी भई जीपीए ३.६० देखि ४.० प्राप्त गर्ने विद्यार्थीको संख्या ४८ हजार १ सय ७७ रहेको छ।
एसईई परीक्षाको नतिजा
३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७
३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५
२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४
२.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९
२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६
१.६ देखि २ जीपीए ल्याउने ८ जना
१२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ
अवगर्गीकृत परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७
विद्यार्थीहरूले आफ्नो नतिजा एसईईको आधिकारिक वेबसाइट, एनटीसी र अन्य विभिन्न माध्यमहरूबाट हेर्न सक्नेछन्।
