वाहाटीका सोधकर्ताले हाइड्रोफोबिसिटीको अवधारणा उपयोग गर्दै हावाबाट पानी निकाल्ने नयाँ प्रविधिको विकास गरेको दाबी गरेका छन् ।

केमेस्ट्रीका एसोसिएटका प्रोफेसर उत्तम मन्नाको नेतत्वको टिमले यो प्रविधिको विकास गरेको दाबी गरेको हो ।

मन्नाको टिममा उनका रिसर्चका विद्यार्थी कोशिक माजी, अविजित दास र मन्दीपा धरले रोयल सोसाइटी अफ केमेस्ट्रीको जर्नलमा आफ्नो रिसर्च प्रकाशित गरेका छन् ।

केही महिनाअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो एक भाषणमा टर्बाइनको सहयोगले हावाबाट पानी निकाल्ने कुरा बताएका थिए । जसलाई भारतमा ट्रोलको विषय बनाइएको थियो ।

विपक्षी नेता राहुल गान्धीले समेत यो कुराको मजाक उडाएका थिए ।

आईआईटीको टिमले प्रधानमन्त्रीको उक्त दाबीलाई पुष्टि गरेर देखाएका छन् । जलवाष्पबिना नै कुनै कुलरको प्रयोगबाट पानी एकत्रित गर्ने प्रविधि विकास गरेको दावी गरेका छन् ।

प्रोफेसर मन्नाले भने, ‘यो जल सञ्चयन प्रविधि हाइड्रोफोबिसिटी वा वाटर–रिपलिङग प्रविधिमा आधारित छ । हाइड्रोफोबिसिटीको अवधारणालाई कमलको पातलाई देखेर पनि बुझ्न सकिन्छ ।’

विश्वभर पानीको अभाव बढेसँगै गैर पारम्परिक साधनका माध्यमबाट पानी एकत्रित तथा संरक्षित गर्ने प्रयास हुँदै आएको छ ।

सम्बन्धित खबरहरु