
१९ असोज २०८२, काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो । विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ ।
काठमाडौं उपत्यकामा पानी पर्न रोकिएपछि जनजीवन सामान्य बन्दै गएको छ । अहिले बिहान काठमाडौंमा मधुरो घाम लागिरहेको छ ।