काठमाडौं – त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालले ब्याटिङ गर्ने भएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोज्ने निर्णय गरेपछि नेपाल ब्याटिङ्गमा गर्न लागेको हो । नेपाल यसअघिनै सिरिजको फाईनल पुगिसकेको छ । उपाधिका लागि नेपालले नेदरल्याण्ड्ससंग खेल्ने तय भएको छ ।

प्रतियोगिताबाट बाहिरिसकेको मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा रहदै फाईनल पुग्न चाहन्छ ।

सम्बन्धित खबरहरु