काठमाडौं – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । फाइनल खेल दर्शकविहिन हुनेछ । उत्कृष्ट फर्ममा रहेको नेपाल घरेलु मैदानमा हुने खेलमा जित निकाल्दै उपाधि उचाल्न आतुर छ ।

नेपालले सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल सोहीअनुसारको लय कायम राख्ने योजनामा छ । नेपाल नेदरल्यान्ड्सँगको दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।

सम्बन्धित खबरहरु