काठमाडौँ – नेपालले नेदरल्याण्डस् सामु २ सय ३९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतले नेदरल्याण्डसामु नेपालले २ सय ३९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो ।

त्रिदेशीय शृङ्खलाको फाइनलमा निर्धारित २० ओभरमा नेपालले ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको हो । टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो सबैभन्दा ठूलो योगफल हो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।

कुशल भुर्तेलले शृङ्खलाको चौथो अर्धशतक बनाउने क्रममा ५३ बलमा ७७ रन बनाए । यस्तै कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतले अर्धशतक पुरा गरे भने दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए ।

सम्बन्धित खबरहरु