काठमाडौं – साविकको विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा विश्व नम्बर १ बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम ८ मा पुगेको हो ।
बेल्जियमलाई जित दिलाउन थोर्गान हाजार्डले ४२औँ मिनेटमा गोल गरे । क्वाटरफाइनलमा बेल्जियमले अर्को बलियो टोली इटालीसँग प्रतिस्पर्धा गर्ने छ ।
यस्तै, गएराति नै भएको अर्को खेलमा चेक रिपब्लिकले उपाधिको दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो । १० जनामा सीमित नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले हराएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औँ मिनेटमा माथिङ्स डे लिट रातो कार्ड खाँदै बाहिरिएपछि नेदरल्यान्ड्स १० खेलाडीमा सीमित भएको थियो ।
चेक रिपब्लिकलाई जिच दिलाउन ६८औँ मिनेटमा थोमस होल्स र ८०औँ मिनेटमा प्याट्रिक सिकले गोल गरे । अब क्वाटर फाइनलमा चेक रिपब्लिकले डेनमार्कको सामना गर्ने छ ।