नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थिर भएको छ ।
गत बुधबार बजारमा प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघको भनाई छ ।
यता चाँदीको मूल्य भने गत बुधबारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै बिहीबार एक हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।