काठमाडौँ – नेपाल बजारमा आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५०० रुपैयाँ घटेको हो ।
आज शुक्रबार सुनको मूल्य ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।
यस्तै तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार हुनेछ ।
यता, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार एक हजार २६५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।