नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । गत हप्ताको शुक्रबारको तुलनामा आइतबार अधिकतम १५ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको हो भने चाँदी प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार २४० रुपैयाँमा झरेको हो ।
गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत अधिकतम १४५० रुपैयाँले घटेर ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।