नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा भारी गिरावट आएको छ। आइतबार एकैदिन प्रतितोला १५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा झरेको हो ।

यस्तै, चाँदीको मूल्य समेत आइतबारको मूल्यमा थप २५ रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २१५ रुपैयाँ कायम भएको छ । आइतबार बजारमा चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबरहरु