काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। सोमबारको तुलनामा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।
नेपाली बजारमा आज चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ।
आज चाँदी १२ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ।