नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ६०० रुपैयाँ बढेर तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार तेजाबी सुन तोलामा ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।