अघिल्लो साता तीब्र गिरावट आएको सुन चाँदीको मूल्यमा यस साताको सुरुवाती दिनमै मूल्य बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार बजारमा सुन प्रतितोला १००० रुपैयाँले बृद्धि हुँदै ९० हजार ७०० रुपैयाँ पुगेको छ ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुन समेत बढेर ९० हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खबरहरु