काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सयले बढेर प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खबरहरु