काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ।अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

बुधबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार भन्दा आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले ओरालो लागेको महासंघले जनाएको छ।

बुधबार १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित खबरहरु