नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । आज सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको मूल्य दुई सय रुपैयाँले बढ्दै सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको हो । गत आइतबार बजारमा सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २०० रुपैयाँले नै बढेर ९० हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य समेत सोमबार प्रतितोला १० रुपैयाँले बढेर एक हजार १९० रुपैयाँ पुगेको छ । गत आइतबार चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

भदौ १ गते छापावाला सुन ९१ हजार रुपैयाँ तोला रहेकोमा २ गते ९१ हजार २ सयमा कारोबार भएको थियो।

त्यस्तै ३ गते ९० हजार ८ सय र ४ गते ९१ हजार २ सय नै पुगेको थियो। ५ गते शनिबार परेकोले सुनको कारोबार हुन सकेन। शनिबार सुन कारोबार बन्द हुने गरेको छ।

सम्बन्धित खबरहरु