विगत एक महिनामा सेयर बजारको परिसूचक नेप्से १९ प्रतिशतले बढेको छ । गत साउन ६ गते २४.८५ अंकमा रहेको बजार भदौ ५ गते कारोबार बन्द हुँदासम्म २९.६९ अंकमा रह्यो ।
बजार बढ्दा अधिकांश कम्पनीको मूल्य पनि बढेको भएपनि केही कम्पनीको मूल्य भने बजार बढ्दा समेत घटेको छ । विगत एक महिनामा प्रायः लघुवित्त कम्पनीहरुको मूल्य घटेको पाइन्छ । लघुवित्त समूहको सूचक विगत एक महिनामा सबैभन्दा न्यून वृद्धि भएको समूहमा पर्दछ। यो समूहको सूचक विगत एक महिनामा जम्मा २.४ प्रतिशत मात्रै बढ्यो । साउन ६ गते ५२.४३ मा रहेको लघुवित्त हाल ५३.७३ अंकमा छ । लघुवित्त समूह नै सुस्त गतिमा बढ्दा केही कम्पनीको मूल्य भने घटेको छ ।
विगत एक महिनामा गणपति माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै २९.२४ प्रतिशत घटेको छ । सार्वजनिक चौथो त्रैमासिक वित्तीय विवरण अधिकांश माइक्रोफाइनान्स कम्पनी सुधारोन्मुख देखिन्छ तर बजारमा भने अरुको तुलनामा यस क्षेत्रप्रति आकर्षण भने बढ्न सकेको देखिदैन । एक हाइड्रोपावरसहित ९ कम्पनीको मूल्य एक महिनामा १३ प्रतिशतभन्दा धेरै घटेको छ ।
विगत एक महिनामा सेयर मूल्य धेरै घटेका यी ९ कम्पनी यसप्रकार छन् :